News पोखरामा सम्पन्न मुख्यमन्त्री कपको आय–व्यय सार्वजनिक
गोलनेपाल

पाोखरा । गत बर्ष माघमा सम्पन्न प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको आयोजक समितीले गण्डकी प्रदेशस्तरिय “मुख्य मन्त्री कप फुटबल प्रतियोगिता २०७६” को आय–व्यय सार्वजनिक गरेको छ । आयोजक समितीले प्रतियोगिता सम्पन्न भएको करिव ६ महिना पछि आय–व्यय सार्वजनिक गरेको हो ।

केन्द्रिय एन्फाको लिग कमिटीको आयोजनामा सम्पन्न प्रतियोगिता आयोजनाका लागि गण्डकी प्रदेश सरकारले पनि ४० लाख उपलब्ध गराएको थियो । जसअन्तरगत सामाजिक विकास मन्त्रालयबाट २० लाख तथा मुख्यमन्त्रीको कार्यालयबाट २० लाख उपलब्ध गराइएको थियो ।

त्यस्तै प्रतियोगिता सम्पन्न गर्न कुल ४० लाख नै खर्च भएको आयोजक कमिटीले प्रस्तुत आय व्यय विवरणमार्फत जानकारी गराएको छ । स्मरण रहोस, प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पारेको थियो भने उपविजेताले ४ लाख ५० हजार प्राप्त गरेको थियो ।

एन्फाका केन्द्रिय उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक समेत रहेका कृष्ण थापाले कोरोना भाइरस महामारीका कारण सबै ठप्प रहेकाले आय व्यय सार्वजनिक गर्न ढिलाई भएको बताए । सो अवसरमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकोमा गण्डकी प्रदेश सरकारलाई पनि उनले धन्यवाद र आभार व्यक्त गरे ।

 

Post Comments