News
एएएफसी यु-२३ एसियन कप: क्वाटरफाइनल समीकरण पूरा

काठमाडौ (एजेन्सी) । कतारमा जारी एएफसी यु-२३ एसियन कपको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
बिहीबारदेखि शुरु हुने क्वाटरफाइनलतर्फ पहिलो क्वाटरफाइनलमा आयोजक कतार र जापान भिड्नेछ्न । बिहीबार नै हुने दोस्रो क्वाटरफाइनलमा दक्षिण कोरिया र इन्डोनेशिया पनि आमनेसामने हुनेछ्न ।
त्यस्तै शुक्रबार हुने अन्तिम दुई क्वाटरफाइनलतर्फ तेस्रो क्वाटरफाइनलमा गत संस्करणका दुई फाइनलिस्ट विजेता साउदी अरेबिया र उपविजेता उज्वेकिस्तान भिड्ने छन । साथै शुक्रवार नै हुने चौथो तथा अन्तिम क्वाटरफाइनलमा इराक र भियतनाम भिड्ने छन ।
स्मरण रहोस, प्रतियोगिताको शिर्ष तीन स्थानमा रहने टोली यसै बर्ष हुने ओलम्पिक फुटबलका लागि एसियाको प्रतिनिधित्व गर्नेछन । त्यस्तै चौथो स्थान गर्ने टोलीले ओलम्पिक छनौट कै लागि प्ले-अफ खेल्नेछ ।
Post Comments
Related News