News निराजन एफसीलाई डाँडाबजार गोल्डकपको उपाधि
गोलनेपाल

डाँडाबजार । डाँडाबजार फुटबल क्लब, साँगुरीगढी, धनकुटाको आयोजनामा यहाँ सम्पन्न जंग बहादुर थापा स्मृति डाँडाबजार गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि निराजन फुटबल क्लबले जितेको छ ।

फाइनलमा निराजनले तालतलैया फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो । निराजनको जितमा दोर्जे तामाङले दुई गोल गरे भने मिजास आमबुहाङले थप एक गोल गरे ।

विजेता बनेको निराजनले उपाधिसहित २ लाख ५० हजार हात पार्यो भने उपविजेता तालतलैयाले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । मिलन चाम्लिङ राई फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ बिनय श्रेष्ठ उत्कृष्ट गोलरक्षक बन्दा आमोस लिम्बु उत्कृष्ट डिफेन्डर बने । उत्कृष्ट मिडफिल्डर उमेश कार्की चुनिदा उत्कृष्ट फरवार्ड मिलन लिम्बु चुनिए । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी दोर्जे तामाङ घोषित भए ।

Post Comments