News दुहबी मेयर कप: वार्ड नम्बर १० फाइनलमा
गोलनेपाल

दुहबी । वार्ड नम्बर १० यहाँ जारी छैठौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलतर्फ वार्ड नम्बर १० ले वार्ड ८ लाई ५-२ ले हराउँदै उपाधी नजिक पुगेको हो ।

वार्ड नम्बर १० का लागि बिजय उराउले दुई गोल गरे । त्यस्तै आशिक चौधरी, समित चौधरी र कबिन्द्र नारायण चौधरीले समान १/१ गोल गरे । उता पराजित वार्ड नम्बर ८ का लागि भने अमित मगर र बिबेक मिश्रले एक/एक गोल फर्काएका थिए ।

खेलमा वार्ड नम्बर १० बिजय उराउ म्यान अफ द मयाच घोषित भए । वार्ड नम्बर १० बैशाख १८ गतेका दिन वार्ड नम्बर ६ सँग उपाधिका लागि फाइनल खेल्नेछ ।

दुहबी नगरपालिका, दुहबी, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७२,२२२ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments