News खवासको उपचारमा अघि सर्यो स्पार्क हस्पिटल
गोलनेपाल

मोरङ । फुटबल खेलाडी कोमल खवासको श्रीमतीको उपचारका लागि स्पार्क हस्पिटल, बिराटनगरले थप सहयोग गर्ने भएको छ ।

स्मरण रहोस, उनको श्रीमती श्रृजना खरेल खवासको छतबाट खसी ढाँड भाँचिएपछि यो अवस्थामा उनको उपचार खर्च जुटाउन निकै कठिन भएको थियो । त्यतिबेला विभिन्न खेलाडी, शुभचिन्तकहरुले सहयोग गरेको रकमबाट उनकी श्रीमतीको शल्यक्रिया सम्पन्न भए तापनि अस्पतालले थप ६ साता थेरापी गर्नुपर्ने बताएको थियो ।

त्यसका लागि पनि आर्थिक रकमको आवश्यकता पर्ने भएकाले खवास परिवार थप समस्यामा परेको थियो । यद्यपि अहिले उनको त्यो उपचारका लागि स्पार्क हस्पिटलले थप उपचार कार्य शुरु गरेको छ ।

उनको उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का मनार्थ कार्यसमिति सदस्य रुपेश अधिकारीले आवश्यक पहल गरेका हुन् ।

हाल खवासको उपचारका लागि सहयोग जुटाइरहेका रेफ्री बिकी कार्कीले यो सहयोगका लागि स्पार्क हस्पिटल तथा एन्फाका मानार्थ सदस्य अधिकारीप्रति विशेष धन्यवाद र आभार समेत प्रकट गरेका छन् ।

 

Post Comments