
धनकुटा । विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं जारी १६औं भिमनारायण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा एपिएफले राष्ट्रिय जागृति क्लब, इटहरीलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि टुंडिखेल मैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
टाईब्रेकरमा भने एपिएफले राष्ट्रिय जागृतिमाथि ३–२ को जित निकाल्दै फाइनल यात्रा तय गर्यो । खेलमा एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तर्गत बैशाख २८ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल बिर्तामोड युनाइटेड क्लब, झापा र आयोजक भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटा बीच हुने आयोजकले जानकारी दियो ।
शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २९ गतेका दिन हुनेछ ।
- बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश, मौसम सुब्बाको ह्याट्रिक
- १२ औं रारा गोल्डकपमा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश
- १२ औं रारा गोल्डकप: डिफेन्डिङ च्याम्पियन सहलेस पेनाल्टीमा पराजित, बिर्तामोड युनाइटेड सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: एल एक्स सिटी फुटबल क्लब सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: गोल्डेन स्टार भलुवा सेमिफाइनलमा