काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ बिहीबार भएका दुई खेलहरु मध्ये एक खेलमा समाज कल्याण खेलकुद केन्द्रले जित हात पार्दा मनोहरा युनाइटेड र सामाजिक युथ क्लबले बराबरी खेलेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा समाज कल्याणले गोलबजार स्पोर्टस क्लबलाई २–१ ले हरायो । समाज कल्याणका लागि दुवै गोल रोशन क्षेत्रीले गरे । पराजित गोलबजारका लागि ओमप्रकाश सिंहले गोल फर्काएका थिए ।
यो जितपछि ७ खेलबाट १२ अंक जोडेको समाज कल्याण लिगतालिकाको शिर्ष तीनमा उक्लिएको छ । उता पराजित गोलबजार भने ५ अंकका साथ १३औं स्थानमा छ ।
त्यस्तै अर्को खेलमा मनोहरा र सामाजिक युथले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा मनोहराका लागि पुजन चौधरीले गोल गर्दा सामाजिकका लागि बसन्त रानाले गोल गरेका थिए ।
यो नतिजापछि ७ खेलबाट १३ अंक जोडेको मनोहरा लिगतालिकाको दोस्रो स्थानमा उक्लेको छ । उता सामाजिक युथ भने ९ अंकका साथ लिगतालिकाको सातौं स्थानमा छ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि