धनकुटा । उत्कृष्ट जित हात पार्दै बिर्तामोड युनाइटेड, झापा यहाँ जारी १६औं शहिद भिमनारायण गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा आयोजक भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै बिर्तामोड उपाधि नजिक पुगेको हो ।
टुंडिखेल मैदानमा भएको खेलमा बिर्तामोडका लागि अनिष लिम्बु र अभिषेक गुरुङ्गले एक–एक गोल गरे । थप एक गोल भने आयोजक टोलीका पदम भट्टराईले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।
खेलमा बिर्तामोडका मौसम लिम्बु म्यान अफ द म्याच घोषित भए । बिर्तामोडले अब यही बैशाख २९ गते शनिबार हुने फाइनलमा एपिएफ फुटबल क्लब, काठमाडौंसाग उपाधिका लागि भिड्ने छ ।
शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा