News नेपालको गोलकिपिङ प्रशिक्षकमा मल्ल
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा नेपाल कै पूर्व राष्ट्रिय गोलरक्षक बिकास मल्ललाई नियुक्त गरेको छ ।

मल्लको नियुक्तबारे एन्फाले आधिकारिक रुपमै पुष्टी पनि गरिसकेको छ । स्मरण रहोस, मल्ल नेपाली घरेलु फुटबल टोलीको चर्चित क्लब त्रिभुवन आर्मी क्लबका पूर्व गोलरक्षक तथा कप्तान समेत हुन् ।

अनुभवी र परिपक्व मानिएका मल्लले सन् २००५ देखि २०१३ सम्म नेपालको राष्ट्रिय फुटबल टोलीबाट समेत खेलेका थिए । मल्लले एएफसी लेभल १ गोलकिपिङ कोचिङ सर्टिफिकेट, एएफसी सी कोचिङ लाइसेन्स र पिफा एमए सर्टिफिकेट समेत हात पारिसकेका छन् ।

मल्लले पूर्व जापानिज गोलकिपिङ प्रशिक्षक हिरो मित्सुमारुको स्थान लिने छन् । एन्फाका अनुसार मल्लले फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौटतर्फ घरमै हुन गईरहेको बाँकी खेलहरुका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन् ।

स्मरणीय छ, नेपालले ८ अक्टुबरका दिन चाइनिज ताइपेईसँग, १३ अक्टुबरका दिन अष्ट्रेलियासँग र १२ नोभेम्बरका दिन जोर्डनसँग तीन घरेलु म्याचहरु खेल्दैछ ।

 

Post Comments