काठमाडौं । लामो समयदेखि ठप्प रहेको नेपाली फुटबलले पनि लय समाउने सुरसार देखाएको छ । सरकारले भदौको सुरुवातबाटै खेलकुद सम्बन्धी आवश्यक अभ्यास शुरु गर्न अनुमति पनि दिइसकेको छ ।
तर ललितपुरमा भने फुटबल नै आधिकारिक रुपमा शुरु भएको छ । सोमबारदेखि शुरु १७औं गाईजात्रा कप फुटबल प्रतियोगिताको पहिलो दिन आठ खेलहरु सम्पन्न भएका छन् ।
नमुना स्पोर्टस क्लबको आयोजनामा शुरु प्रतियोगिता अन्तरगत नयाँ बाटो युथ क्लब ए ले नव सोच युथ क्लबलाई २–१ ले हरायो । त्यस्तै रचनटार युथ क्लबले शान्तिवन युथ क्लबलाई समान २–१ ले हरायो भने खलीबारी एफसीले लखुर फुटसलमाथि ३–० को जित निकाल्यो ।

त्यसैगरी अर्को खेलमा बुद्धशान्ति युथ क्लबले अभियान युथ क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । आरयुबीसीले नखु युथ क्लबलाई २–० ले हराउँदा टाटपोलले नयाँबाटो युथ क्लबलाई ३–० ले निराश तुल्यायो ।
त्यस्तै बीएनएसएसले लेडफर नेपाल क्लबलाई २–१ ले पराजित गर्दा अर्को खेलमा आयोजक नमुना स्पोर्टस क्लबले ललितपुर फुटबल एकेडेमीलाई समान २–१ ले पराजित गर्यो ।
प्रतियोगितामा सहभागि खेलाडीहरुलाई आवश्यक चेकजाँच गरेर मात्र मैदानमा उतारिएको थियो । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै आयोजकले उच्च सतर्कता अपनाएको समेत जानकारी दियो ।
- बसन्त गौचन फुटबल एकेडेमीको 'तीन दिने फुटबल प्रशिक्षण क्याम्प' सुरु
- च्यासल फुटबल मैदानको मर्मत सुरु
- ललितपुरमा खुला फुटसल हुँदै, विजेताले १ लाख पाउने
- रातो मच्छिन्द्रनाथ कप ललितपुर जिल्ला व्यापी अन्तर विद्यालय फुटसल हुँदै
- गाेदावरी र दक्षिणकाली सेमिफाइनलमा भिड्ने, काेन्ज्याेसाेम र कीर्तिपुर आईतबार खेल्दै