News
उदयपुर जिल्ला ए डिभिजन लिगः साथी समूह र फ्युजनको विजयी शुरुवात
त्रियुगा । यहाँ शुरु भएको उदयपुर जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा साथी समूह र फ्युजन फुटबल क्लबले विजयी शुरुवात गरेका छन् ।
उद्घाटन खेलमा साथी समूहले बगाहा फुटबल क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गर्यो । खेलमा साथी समूहका अमर थापा मगर म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा फ्युजनले आदर्श युवा क्लबमाथि ५–० को फराकिलो जित निकाल्यो । खेलमा फ्युजनका अभिक मगर म्यान अफ द म्याच चुनिए ।
उदयपुर जिल्ला फुटबल संघको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले गरेका थिए ।
Post Comments