News चितवनमा एन्फा क्याट ४ रेफ्री कोर्ष सुरु
गोलनेपाल

चितवन । चितवनमा एन्फा क्याट ४ रेफ्री कोर्ष सुरु भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा सोमबारबाट रेफ्री कोर्ष सुरु भएको छ ।

कोर्षको आज एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद् अधिकारी उद्घाटन गरे । जेठ १३ गतेसम्म चल्ने कोर्षलाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङले प्रायोजन गरेको छ ।

रेफ्री कोर्षमा चितवन, धादिङ र धनगढीका महिला पुरुष गरी ३२ प्रशिक्षार्थी रेफ्रीहरु सहभागी छन् । उनीहरुलाई पूर्व फिफा रेफ्री विरेन्द्रबहादुर पाण्डे, कल्पना शर्मा, सचिन अमात्य र रोजेन श्रेष्ठले सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण गराउनेछन् । कोर्षपछि उतिर्ण हुने रेफ्रीहरुलाई ब्याच प्रदान गरिनेछ ।

दक्ष रेफ्री उत्पादन गर्ने लक्ष्यसहित कोर्ष सुरु गरिएको चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले बताए । उनेल सहभागीहरुलाई कुशल रेफ्री बन्ने बिषयमा केन्द्रित हुन आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख अधिकारीले रेफ्री सम्मानित पेशा भएको भन्दै थप मर्यादित बनाउने लक्ष्यसहित अघि बढ्न आग्रह गरे । उनले फिफा रेफ्री बन्ने लक्ष्य बोकेर मेहेनत गर्न समेत आग्रह गरे ।

अखिल नेपाल फुटबल संघका प्रमुख प्रशासक तथा हेड अफ रेफ्री डिपार्ट गोकुल थापाले प्रशिक्षणका दौरान नियम सिकेर व्यवहारमा उतार्न सुझाव दिए । उनले यसलाई रेफ्रीमा भविष्य देख्नेहरुको सुरुवाति विन्दुको रुपमा वुझ्न आग्रह गरे । सन २०२५ बाट पदोन्नति तथा पदावनति पनि हुने भन्दै मेहेनत गर्न आग्रह गरे ।

Post Comments