News
अन्जन ३६१ डिग्रीका ब्राण्ड एम्बेसडर
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार फरवार्ड अन्जन बिष्ट प्रतिष्ठित खेलपोशाक कम्पनी ३६१ डिग्रीको ब्राण्ड एम्बेसडर बनेका छन् । शनिबार बिष्ट र कम्पनी बीच सम्झौता समेत भएको छ ।
दुवै पक्षबीच तीन वर्षको सम्झौता भए तापनि अन्य कुराहरु भने विस्तृत रुपमा खुलाइएको छैन । यो सम्झौतापछि दुवै पक्ष खुशी र उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।
सम्झौतासँगै अन्जनले खेलकुदको माध्यमबाट ३६१ डिग्रीको ब्राण्ड प्रवद्र्धन गर्नुका साथै विभिन्न क्रियाकलपाहरुमा पनि सहभागि हुनुपर्ने बताइएको छ ।
उता ३६१ डिग्रीले पनि राष्ट्रियदेखि स्थानीय खेलाडीहरुसँगको सहकार्यलाई निरन्तरता दिने र नेपालको खेलकुद विकासमा सकेको सहयोग पुर्याउने योजना रहेको बताएको छ ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि