News अभ्यास तथा सतर्कताका लागि एन्फाको तयारी शुरु
गोलनेपाल

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीले अभ्यास शुरु गर्ने मिति नजिकिंंदै गर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि त्यसका लागि आवश्यक तयारी शुरु गरेको छ ।

जसअन्तरगत एन्फाले प्रशिक्षण शुरु हुनु अघि आफ्नो पहिलो प्राथमिकतामा खेलाडीको स्वास्थ्य र कोभिड–१९ विरुद्धको उच्च सतर्कतालाई राखेको छ ।

सुन्दर ढोका साथी सेवासँगको सहकार्यमा एन्फाले होस्टेल तथा एन्फाको कार्यालयमा किटनाशक औषधीको प्रयोग, सरसफाई, सामाजिक दुरी कायम गर्ने मार्कर लगायतका स्वास्थ्य सतकृताका कार्यहरु सम्पन्न गरेको छ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राख्दै एन्फाले उच्च सतककर््ता अपनाएको बताएको छ । त्यति मात्र नभएर एन्फाले खेलाडी तथा पदाधिकारीहरुले पनि केही दिनमै कोभिड–१९ को परिक्षण गर्ने समेत स्पष्ट पारेको छ ।

स्मरण रहोस, राष्ट्रिय फुटबल टोलीले आउँदो भदौ १ गतेदेखि अभ्यास थाल्ने बताइएको छ । साथै त्यसका लागि काठमाडौं बाहिर रहेका खेलाडीहरु पनि काठमाडौंमा आइपुगेका छन् र हाल क्वारेन्टिनमा रहेका छन् ।

खेलाडीहरुले राष्ट्रिय फुटबल टोलीको अभ्यास आर्मीको मुख्यालमा रहेको मैदानमा गर्ने पनि एन्फाले यसअघि नै सूचित गरिसकेको छ । नेपालले फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौटतर्फ तीन घरेलु म्याचहरु खेल्न बाँकी छ ।

नेपालले अक्टुबर ८ तारीखका दिन चाइनिज ताइपेईसँग खेल्ने कार्यक्रम छ भने अक्टुबर १३ तारीखका दिन अष्ट्रेलियासँग खेल्दैछ । त्यस्तै नोभेम्बर १२ तारीखका दिन नेपालले अन्तिम घरेलु म्याचका रुपमा जोर्डनसँग खेल्ने तय भइसकेको छ ।

 

Post Comments