News
नव समकाली समाजलाई उपाधि

काठमाडौं । लामो समयपछि नेपालको घरेलु फुटबलमा फर्किएको प्रतिस्पर्धात्मक फुटबल प्रतियोगितामा नव समकाली समाजले सफलता हासिल गरेको छ ।
नमूना स्पोर्टस क्लबको आयोजनामा भएको दिनेश स्मृति १७औं गाईजात्रा कपको उपाधि जित्दै नव समकालीले नेपालमा फर्किएको घरेलु फुटबलमा सफलता हासिल गरेको हो ।
फाइनल भिडन्तमा नव समकालीले आयोजक नमुना स्पोर्टस क्लबलाई १–० ले हरायो । विजेता बनेको नव समकालीले उपाधिसहित नगद १० हजार हात पार्यो भने उपविजेता नमूनाले ५ हजारमा चित्त बुझायो ।
स्मरण रहोस, कोरोना भाइरस महामारीको संक्रमण पश्चात नेपालमा लकडाउन भएपछिको यो पहिलो फुटबल प्रतियोगिता समेत थियो । प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा आयोजक क्लबका अध्यक्ष डम्बर लामाले धन्यवाद ज्ञापन गरे ।
Post Comments