News बंगलादेशका उदयीमान डिफेन्डरलाई कोभिड–१९ पोजिटिभ
गोलनेपाल

काठमाडौं (एजेन्सी) । बंगलादेश राष्ट्रिय फुटबल टोलीका उदयीमान डिफेन्डर विश्वनाथ घोषलाई कोभिड–१९ पोजिटिभ संक्रमण भएको छ ।

२१ बर्षिय घोष बंगलादेशी फुटबल टोलीका अहम सदस्यका रुपमा रहेका छन् । बंगलादेशी प्रिमियरशिप क्लब बसुन्धरा किंग्सका लागि व्यवसायीक फुटबल खेलिरहेका घोष आउँदो फिफा विश्वकप छनौट तथा एसियन कप छनौटका लागि राष्ट्रिय टोलीको प्रारम्भिक छनौटमा पर्न सफल भएका थिए ।

स्मरण रहोस, बंगलादेशले फिफा विश्वकप छनौट तथा एसियन कप छनौटतर्फ चार खेलहरु खेल्न बाँकी छ । जसअन्तरगत अक्टुबर ८ तारीखका दिन घरमै अफगानिस्तानसँग खेल्दैछ भने १३ अक्टुबरसँग कतारसँग दोहामा खेल्ने कार्यक्रम छ ।

त्यसैगरी नोभेम्बर १२ तारीखका दिन ढाकामा भारतसँग खेल्दैछ भने १७ नोभेम्बमरका दिन ढाका मै ओमानसँग खेल्ने तय भइसकेको छ ।

 

Post Comments