News
बंगलादेशका उदयीमान डिफेन्डरलाई कोभिड–१९ पोजिटिभ
काठमाडौं (एजेन्सी) । बंगलादेश राष्ट्रिय फुटबल टोलीका उदयीमान डिफेन्डर विश्वनाथ घोषलाई कोभिड–१९ पोजिटिभ संक्रमण भएको छ ।
२१ बर्षिय घोष बंगलादेशी फुटबल टोलीका अहम सदस्यका रुपमा रहेका छन् । बंगलादेशी प्रिमियरशिप क्लब बसुन्धरा किंग्सका लागि व्यवसायीक फुटबल खेलिरहेका घोष आउँदो फिफा विश्वकप छनौट तथा एसियन कप छनौटका लागि राष्ट्रिय टोलीको प्रारम्भिक छनौटमा पर्न सफल भएका थिए ।
स्मरण रहोस, बंगलादेशले फिफा विश्वकप छनौट तथा एसियन कप छनौटतर्फ चार खेलहरु खेल्न बाँकी छ । जसअन्तरगत अक्टुबर ८ तारीखका दिन घरमै अफगानिस्तानसँग खेल्दैछ भने १३ अक्टुबरसँग कतारसँग दोहामा खेल्ने कार्यक्रम छ ।
त्यसैगरी नोभेम्बर १२ तारीखका दिन ढाकामा भारतसँग खेल्दैछ भने १७ नोभेम्बमरका दिन ढाका मै ओमानसँग खेल्ने तय भइसकेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै