
हेटौडा । सोमबार भएको दुई सेमिफाइनलहरुमा आ–आफ्नो खेलमा जित निकाल्दै ऋषेश्वर ११ फुटबल क्लब र चितलाङ्ग फुटबल क्लब जारी पाँचौं थाहा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।
पहिलो सेमिफाइनलमा ऋषेश्वरले सक्रिय युवा क्लबमाथि ८–२ को फराकिलो जित निकाल्यो । ऋषेश्वरका लागि रिचार्ड विल्सनले ४ गोल गरे भने सन्जोक महर्जनले तीन गोल गरे । थप एक गोल भने समिराज थोकरले गरे ।
उता पराजित सक्रियका लागि सुनिल शाही ठकुरी र सुशन नगरकोटीले गोल फर्काए । खेलमा एक्लैले चार गोल गरेका ऋषेश्वरका रिचार्ड विल्सन म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो सेमिफाइनलमा चित्लाङ्गले कुर्दन एकेडेमीलाई पेनाल्टी शुटआउटमा ७–६ को अन्तरले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ चित्लाङ्गका लागि दुवै गोल फैजलले गरे । उता कुर्दनका लागि भने अनिल खड्का र रोहित थापाले गोल गरे । खेलमा कुर्दनका रोहित थापा म्यान अफ द म्याच समेत चुनिए ।
अब यही जेठ १५ गते हुने फाइनलमा ऋषेश्वर र चित्लाङ्ग उपाधिका लागि भिड्ने छन् । थाहा नगरपालिका नगर खेलकुद विकास समिति, मकवानपुरको आयोजना तथा शिखर क्लब, शिखरकोटको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा