News अन्ततः बेल्जियन क्लबमा आवद्ध भए मलेसियन युवा फरवार्ड
गोलनेपाल

काठमाडौं (एजेन्सी) । मलेसियालाई गत बर्ष सम्पन्न एफएफ यु–१८ च्याम्पियनसिपको फाइनलसम्म पुर्याउन अहम भूमिका खेलेका युवा फरवार्ड लुकमान हकिमले अन्ततः युरोपियन क्लब पाएका छन् ।

स्मरण रहोस, गत बर्षको सेप्टेम्बर मै हकिमलाई बेल्जियन क्लब केभी कोट्रिकले पाँच वर्षका लागि अनुवन्ध गरेको कुरा प्रकाशित भएको थियो । जुन क्लब मलेसियन धनाढय भिन्सेन्ट टानको स्वामित्वमा रहेको छ ।

यद्यपि हकिमलाई बेल्जियन क्लबमा आवद्ध हुन यसै बर्षको अप्रिल (२०२०) सम्म पर्खनुपर्ने थियो । किनकी उनी त्यतिबेला उमेरको हद अनुसार १८ बर्ष पूरा हुने थिए ।

उनको स्थानान्तरणलाई मलेसियामा ठूलै चर्चा समेत भएको थियो । जुन कुरा बेल्जियन क्लबले पनि आधिकारिक रुपमा पुष्टी गरेको छ । रिपोर्टअनुसार १८ बर्षिय हकिमले कोट्रिकसँग पाँच बर्षको सम्झौता गरेका छन् ।

उनको स्थानान्तरणबारे हकिम कै पूर्व मलेसियन क्लब एफए सेलंगोरले पनि आधिकारिक रुपमा पुष्टी गरेको छ । स्मरण रहोस, यसअघि हकिमलाई अनुवन्ध गर्न इङलिस क्लब न्युक्यासल युनाइटेड र जर्मन क्लब बायर लेभरकुसेन पनि इच्छुक रहेको खबर बाहिर आएको थियो ।

मलेसियाको ओलम्पियक टिममा समेत स्थान बनाइसकेका हकिमले युरोपियन क्लबबाट खेल्ने आफ्नो सपना रहेको समेत बताएका थिए । जुन सपना अहिले आएर पूरा भएको छ ।

 

Post Comments