News
महिलातर्फ ताप्लेजुङ र मुनाल बी फाइनलमा

संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा जारी ऐतिहासिक मदन मेला २०८१ को अवसरमा आयोजित महिलातर्फको फुटबल प्रतियोगितामा ताप्लेजुङ जिल्ला फुटबल संघ र मुनाल एफसी बी जलजले फाइनलमा पुगेका छन् ।
आज भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङले मुनाल एफसीको ए टिमलाई टाइब्रेकरमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । ताप्लेजुङका लागि समिक्षा मगरले दुवै गोल गरेकी थिइन् ।
तर, २-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै मुनालले २-२ गोलको बराबरीमा ल्याएको थियो । मुनालका लागि दोस्रो हाफमा आशिका कार्कीले दुवै गोल गरेकी थिइन् ।
यसैगरी, दोस्रो सेमिफाइनल खेलमा मुनालको बी टिमले छथर जोरपाटीविरुद्ध जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । दुवै टोलीले निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट छिनोफानो गरिएको हो ।
टाइब्रेकरमा पनि बराबरी गोल भएपछि खेल सडन डेथमा धकेलिएको थियो । दुवै टोलीले १३-१३ पटक प्रहार गरेका थिए । जसमा ७-६ गोलअन्तरमा मुनाल बी उपाधि नजिक पुगेको हो । प्रतियोगिताको विजेताले नगद ८० हजार पाउनेछ ।
Post Comments
Related News
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो