काठमाडौं । फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुको पिसीआर परिक्षण गरिएको छ ।
यहि भदौ १ गतेदेखि अभ्यास शुरु गर्ने योजनामा समेत रहेको टोलीका २३ सदस्यहरुको पाटन अस्पतालमा कोभिड–१९ को पिसीआर परिक्षण गरिएको हो । सोमबार मात्र ११ खेलाडीहरुले परिक्षण गरेका थिए ।
मंगलबार परिक्षण गर्ने खेलाडीहरुः
तेज तामाङ, विकेश कुथु, आशिष लामा, अजित भण्डारी, एरिक बिष्ट, सेसेहाङ आङदेम्बे, बिक्रम लामा, अमित तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहाल, अभिषेक रिजाल, सुवास गुरुङ, अनन्त तामाङ, सुनिल बल, अन्जन बिष्ट, नवयुग श्रेष्ठ, बिशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जाङ, विकास खवास, जर्ज प्रिन्स कार्की, सुजल श्रेष्ठ
टिम अफिसियलः
मधुसुदन उपाध्याय (टिम व्यवस्थापक), कृष्णभक्त मानन्धर, बिकास मल्ल (गोलरक्षक प्रशिक्षक), विवेक सुवेदी (मिडिया), युजल श्रेष्ठ (मिडिया), राजु डंगोल (डाक्टर)
अभ्यास आर्मी मुख्यालयमा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबल टोलीको अभ्यासका लागि आर्मीको मुख्यालय मैदानलाई छनौट गरिसकेको छ । नेपालले घरेलु मैदानमा अब तीन खेलहरु खेल्न बाँकी छन् । जसमा नेपालले अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग खेल्ने कार्यक्रम छ ।
(तस्विरहरु एन्फाबाट सांभार)
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि