News
नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय म्याच खेल्ने सुब्बाको निधन
काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी इन्द्र सिंह सुब्बाको निधन भएको छ । स्मरण रहोस, नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्ने खेलाडीहरु मध्ये सुब्बा पनि एक हुन् ।
नेपालले सन् १९६३ मा बंगलादेश (तत्कालीन पूर्वी पाकिस्तान) मा सम्पन्न आगा खान गोल्डकपमा सहभागिता जनाउँदा सुब्बा पनि नेपाली फुटबल टोलीका महत्वपूर्ण सदस्य थिए ।
उनको निधनप्रति अखिल नेपाल फुटबल संघ (एन्फा) लगायत विभिन्न खेलसंस्थाहरुले पनि समवेदना प्रकट गरेका छन् । यो दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा बिबा मिडिया ग्रुप पनि हार्दिक समवेदना प्रकट गर्दछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न