काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सबै सदस्यहरुको पिसीआर परिक्षण नतिजा नेगेटिभ आएको छ । भाद्रदेखि फिफा विश्वकप र एएफसी एसियन कप छनौटका लागि आवश्यक तयारी गर्ने योजनामा रहेको नेपाली टोलीका सबै सदस्यहरुको कोभिड–१९ का लागि पिसीआर परिक्षण गरिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार परिक्षणमा सहभागि सबै ५४ जना मध्ये ५३ जनाको नतिजा नेगेटिभ आएको छ । त्यस्तै एक जना सदस्यको भने फेरि परिक्षण गरिने बताइएको छ ।
विश्वकप छनौट र एसियन कप छनौट प्रतियोगिता सन् २०२१ सम्मका लागि स्थगित भएपछि एन्फाले सबै खेलाडीहरुलाई फुकुवा गरेको थियो । उता फिफा र एएफसीले कोरोनाको बढ्दो महामारी र अवस्थालाई हेरेर छनौट प्रतियोगिताको नयाँ मिति घोषणा गर्ने बताएको छ ।
स्मरण रहोस, फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौटतर्फ नेपालले घरमै अष्ट्रेलिया, चाइनिज ताइपेर्य र जोर्डनसँग खेल्न बाँकी छ । फिफा विश्वकपमा छनौट हुने सम्भावना नेपालको समाप्त भइसके तापनि सन् २०२३ मा हुने एएफसी एसियन कप खेल्ने सम्भावना कायम छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै