काठमाडौं । विभिन्न खेलकुदहरुमा आफूलाई निरन्तर सक्रिय राख्दै आएको आदर्श स्पोर्टस क्लबले आफ्नो एकेडेमीका लागि विभिन्न खेलकुदका खेलाडीहरुलाई छात्रवृत्ती सहित प्रशिक्षण दिने गरी छनौट कार्यक्रम आयोजना गर्ने भएको छ ।
क्लबले आदर्श विद्या मन्दिर माविसँगको समन्वयमा भर्खरै एसइइ दिएर ११ कक्षामा अध्ययन गर्ने तयारीमा रहेका युवा खेलाडीहरुलाई खेलकुद प्रशिक्षणसँगै अध्ययनको व्यवस्था गरेर छात्रवृत्ती प्रदान गर्न लागेको हो ।
क्लबका सचिव अनुप पाण्डेका अनुसार फुटबल, भलिबल, बास्केटबल र टेबलटेनिस गरी चार खेलका २१ खेलाडीहरुलाई छात्रवृत्तीका लागि छनौट गरिनेछ । साथै उनले क्रिकेट खेलका लागि पनि छिटै कोटा खुलाइने जानकारी दिए ।
इच्छुक खेलाडीहरुलाई आउँदो साउन ८ गतेसम्म नामदर्ता गरिसक्नुपर्ने क्लबका अध्यक्ष राजेश केसीले बताए । साथै छनौट कार्यक्रम साउन ११ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने पनि अध्यक्ष केसीले जानकारी दिए ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन