काठमाडौं (एजेन्सी) । साविक विजेता अर्जेन्टिना जारी प्रतिष्ठित ४८औं कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएको क्यानडालाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।
अमेरिकी शहर न्यु जर्सीमा भएको खेलको २२औं मिनटमा जुलियन अल्वारेजको गोलबाट अर्जेन्टिनाले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफसम्म सोही अग्रता कायम पनि राख्यो । त्यस्तै दोस्रो हाफको ५१औं मिनटमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।
अर्जेन्टिनाले अब बिहीबार बिहान हुने उरुग्वे र कोलम्बिया बीचको विजेतासँग १४ तारीखका दिन फाइनल खेल्नेछ । त्यस्तै पराजित क्यानडाले १३ जुलाईका दिन कोलम्बिया र उरुग्वे बीचको खेलबाट हार बेहोर्ने टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ ।
- उत्तर कोरिया तेस्रोपटक फिफा यु–२० महिला विश्वकपको च्याम्पियन
- फिफा यु–२० महिला विश्वकपः क्वाटरफाइनलमा उत्तर कोरियासँग ब्राजील र जापानसँग स्पेन स्तब्ध
- फिफा फुटसल विश्वकपः थाइल्याण्ड, अफगानिस्तान विजयी शुरुवात
- फिफा विश्वकप एसियाली छनौटको तेस्रो चरणको खेलहरु शुरु
- सेप्टेम्बरमा शून्य नेपाली अन्तर्राष्ट्रिय फुटबल, रेफ्रीलाई भने अवसर