News कास्की फुटबल संघद्वारा राहत वितरण
गोलनेपाल

पोखरा । कास्की जिल्ला फुटबल संघले जिल्ला भित्र रहेका आफू मातहतका खेलाडी, रेफ्री र कर्मचारीलाई राहत वितरण गरेको छ ।

केन्द्रिय एन्फाले फिफाबाट प्राप्त कोभिड–१९ राहत रकमबाट आफू मातहतका जिल्ला फुटबल संघहरुलाई ७५–७५ हजारका दरले राहत उपलब्ध गराएको थियो ।

सोही राहत रकमलाई एन्फा कास्कीले जिल्लामा रहेका खेलाडी, रेफ्री तथा कर्मचारीहरु गरी कुल ५० जनालाई राहत वितरण गरेको हो ।

कास्की जिल्ला फुटबल संघमा हाल २२ क्लबहरु आवद्ध छन् । त्यसमध्ये हाल महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण अति प्रभावित खेलाडी, अफिसियल तथा कर्मचारीलाई राहत उपलब्ध गराइएको एन्फा कास्कीले जनाएको छ ।

पोखरास्पोर्टसका अनुसार ३५ पुुरुष खेलाडी, ५ महिला खेलाडी, ७ अफिसियल तथा तीन जना पश्चिमाञ्चल क्षेत्रीय खेलकुदमा कार्यरत कर्मचारीहरुलाई जनही १५–१५ सयका दरले राहत उपलब्ध गराइएको हो ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा सहभागी खेलाडीहरुलाई लायन्स क्लब अफ पोखरा कन्टिनियलले पनि क्लबका तर्फबाट खेलाडीहरुलाई जनही १–१ हजारका दरले राहत उपलब्ध गराएको थियो ।

(तस्विरः उमेश पुन /गोलनेपाल)

 

Post Comments