News भारतीय क्लबमा आवद्ध भए अभिषेक
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका उदीयमान फरवार्ड अभिषेक रिजाल भारतको पुरानो मध्ये एक चर्चित मोहम्मदन स्र्पोटिङ क्लबमा आवद्ध भएका छन् ।

भारतको चर्चित आइ लिग दोस्रो डिभिजन खेलिरहेको मोहम्मदनले अभिषेकलाई तीन बर्षका लागि अनुवन्ध गरेको हो । भारतको पश्चिम बंगाल स्थित व्यस्त कोलकाता शहरको परिचित क्लबमा गनिने मोहम्मदनमा अभिषेक एसियन कोटामा आवद्ध भएका ुहन् ।

रिपोर्ट अनुसार फ्रि ट्रान्सफरमा मोहम्मदन पुगेका अभिषेकलाई अन्य क्लबले राम्रो प्रस्ताव गरेको खण्डमा वा मोहम्मदन आइ लिगको माथिल्लो डिभिजनमा उक्लिन असफल भएमा उनले स्वतन्त्र रुपमा अन्य क्लब रोज्न पाउने सहमति समेत बनेको छ ।

यद्यपि अभिषेक र मोहम्मदनबीच भएको आर्थिक सम्झौताबारे भने विस्तृत रुपमा खुलाइएको छैन । गत बर्ष लिग च्याम्पियन मच्छिन्द्रका लागि खैल्दै गर्दा उनी माल्दिभ्सको दोस्रो डिभिजनको क्लब जेजे स्पोर्टसमा आवद्ध हुन पुगेका थिए ।

त्यति मात्र नभएर दुई बर्ष अघि अभिषेकले मनाङ मस्र्याङ्दी क्लबका लागि एएफसी कप पनि खेल्न भ्याए । त्यतिबेला उनले भारतीय क्लब मिनर्वा पञ्जाब विरुद्ध गोल गर्दै एसियन कपमा गोल गर्ने पहिलो नेपाली खेलाडी समेत बने ।

खबरअनुसार मोहम्मदनसँग अभिषेकको सम्झौता १८ अगस्तदेखि नै सुरु भइसकेको छ । क्लबमा आवद्ध हुनु अभिषेक भारततर्फ समेत प्रस्थान गरिसकेका छन् ।

राष्ट्रिय फुटबल टोलीमा पनि आफूलाई अब्बल साबित गर्न प्रयासरत रहेका अभिषेकले भारतीय लिगमा कत्तिको सफलता हासिल गर्ने हुन्, त्यो भने आउने दिनमा नै थाहा हुनेछ ।

 

 

Post Comments