काठमाडौं । एन्फा युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको चौथो चरणका खेलहरु पनि सकिएका छन् ।
शुक्रबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग मनाङ मस्र्याङ्दी क्लबले २–० को हार बेहोर्यो । सातदोबाटोका लागि सोनमछिरिङ गुरुङ्ग र प्रज्वल कार्कीले गोल गरे ।
यो नतिजापछि चार खेलबाट ९ अंक जोडेको मनाङ दोस्रो स्थानमा छ । उता महत्वपूर्ण जित हात पारेको सातदोबाटो भने ४ अंकका साथ सातौं स्थानमा छ ।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबमाथि ३–१ को प्रभावशाली जित निकाल्यो । पुलिसका लागि सुवास बमले दुई गोल गरे भने थप एक गोल साजनराज गौतमले गरे । त्यस्तै जावलाखेलका लागि भने निशान राईले एक मात्र गोल फर्काएका थिए ।
यो नतिजापछि ४ खेलबाट १० अंक जोडेको पुलिस लिगतालिकाको शिर्ष स्थानमा छ । उता पराजित जावलाखेल भने २ अंकका साथ पुछारतिर दशौं स्थानमा छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान