News गोल्डेन सटार भलुवा जुनियर फाइनलमा
गोलनेपाल

बुढिगंगा । रोमाञ्चक जितका साथ गोल्डेन स्टार युथ क्लब, भलुवा जुनियर यहाँ जारी प्रथम बुढिगंगा मनसुन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा शान्ति युवा स्र्पोटिङ क्लब, इटहरीलाई २–१ ले हराउँदै गोल्डेन स्टार भलुवा जुनियर उपाधि नजिक पुग्न सफल भएको हो ।

गोल्डेन स्टार जुनियरका लागि शुभम गच्छदारले एक गोल गर्दा थप एक गोल विपक्षी टोलीका मोहम्मद अजमदले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । उता पराजित शान्ति युवाका लागि भने मोहम्मद अमिरले एक गोल फर्काएका थिए ।

खेलमा गोल्डेन स्टारका अंकित चौधरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत साउन २४ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल गोल्डेन स्टार यथ क्लब, भलुवा, सुनसरी र जुनियर फुटबल क्लब, लखन्तरी, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।

यही साउन २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।

Post Comments