News रजैया कप: योङ ब्वाइज क्लव र राप्तिरिभर फुटबल क्लव (आर आर एफसी) बिजयी
बिक्रम बानियाँ क्षेत्री

मकवानपुरको मनहरी गाउँपालिका-९ रजैयाको केदारेश्वर युवा क्लवको आयोजनामा जारी रजैया कप फुटबल प्रतियोगितामा योङ ब्वाइज क्लव र राप्तिरिभर फुटबल क्लव (आर आर एफसी) बिजयी भएका छन। ।

शनिबार भएको पहिलो खेलमा योङ ब्वाइजले हरियाली युवा क्लव ज्यामिरेलाई १-० गोल अन्तरले हराएको हो । योङ ब्वाइजको लागि निर्णायक गोल राजकुमार लामाले गरेका हुन् ।

उनी खेलको म्यान अफ द म्याच हुँदै उनले नगद एकहजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । यस्तै दोस्रो खेलमा आर आर एफसीले ड्रीम ब्वाइज क्लव लोथरलाई २-० गोल अन्तरले हरायो । आर आर एफसीको लागि अमिर श्रेष्ठ र सुनिल सुनारले एक/एक गोल गरेका हुन् । खेलमा आरआर एफसीका अमिर श्रेष्ठ म्यान अफ द म्याच भए । उनले नगद एकहजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

जारी प्रतियोगितामा आइतबार सानान्टार यूथ क्लव र सगरमाथा क्लव पदमपोखरी र खरङ्गाको क्लव र जनजागरण क्लव मसिने ए को बीचमा खेल हुने आयोजक केदारेश्वर क्लवका अध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद ३० हजार र उपविजेताले १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments