
मकवानपुरको मनहरी गाउँपालिका-१ चकरीमा जारी सहिद प्रीतकुमार मोक्तान स्मृति वडास्तरीय फुटबल प्रतियोगितामा शनिबार भएको खेलमा नमूना युवा क्लव पर्ता, जनजागरण युवा क्लव मसिने र हाँडीखोला यूथ क्लव विजयी भएका छन।
शनिबार भएको पहिलो खेलमा परिवर्तनशिल युवा क्लवलाई ५-० गोल अन्तरले हराउँदै नमूना युवा क्लव विजयी भएको हो ।
खेलमा नमूना क्लवका सुवास लामा म्यान अफ द म्याच भए । यस्तै मोडर्न यूथ क्लवलाई ३-१ गोल अन्तरले हराउँदै जनजागरण युवा क्लव मसिने विजयी भएको छ । खेलमा मसिनेका महेश मोक्तान म्यान अफ द म्याच भए । यस्तै शनिबारको तेस्रो खेलमा हाँडीखोला यूथ क्लवले जन आदर्श युवा क्लवलाई २-० गोल अन्तरले हरायो । हाँडीखोलाका लागि कमल मोक्तान र सुमन राईले गोल गरेका हुन् । खेलमा हाँडीखोलाका गोलरक्षक सुरेन्द्र अधिकारी म्यान अफ द म्याच भए ।
प्रीतकुमार मोक्तान स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा मनहरी गाउँपालिकाको साविक हाँडीखोलाको १६ टिमको सहभागिता छ । प्रतियोगिताको बिजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक हेलिस मोक्तानले जानकारी दिए ।
- दिव्य स्पोर्टस एकेडेमीलाई नागस्वती युथ कपको उपाधि
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई