
तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा पालिका अध्यक्ष आमन्त्रित पुरूष फुटबल प्रतियोगिता बुधबारबाट शुरू भएको छ ।
भदौरे पूर्णिमा मेलाको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्रि हिक्मत कुमार कार्कीले गर्नुभयो । प्रतियोगिताको मैत्रीपूर्ण उदघाटन खेलमा कर्मचारी विरूद्व राजनितिक दल भिडेका थिए । उक्त खेल एक एकको बराबरीमा टुंगियो । प्रतियोगितात्मक खेल भने साउन ३१ गते बिहीबारबाट सन्चालन हुनेछन ।
आठ टीमले सहभागिता जनाउँने प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल १२ः३० मा छथर गाउँपालिका तेह्रथुमले पाथिभरा फुटबल क्लब इटहरीको बिहीबार सामना गर्नेछ ।त्यस्तै बिहीबारनै हुने दोस्रो क्वाटरफाइनल खेल पन्चायन एफसी सुनसरी vs चुलाचुली स्पोटिङ दमक झापा बिच दिनको २ बजे प्रतिस्पर्धा हुने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिनुभयो ।
भदौ ४ गते सम्म सन्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र र उपविजेताले १ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक रूपम अधिकारीले बताउँनुभयो ।
प्रत्येक खेलको म्यान अफ द म्याचले दुइ हजार सहित टोकन अफ लभ प्राप्त गर्नेछन ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न