बुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी एनफा रेफ्री स्व.लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगितामा ध्रुवतारा स्पोर्टिङ क्ल्ब दमक सेमिफाईनलमा प्रवेस गरेको छ ।
आज मंगलबार भएको चौँथो तथा अन्तिम क्वाटर्र फाईनल खेलमा धुलाबारी फुटबल क्ल्बलाई टाइब्रेकरमा ५/४ गोलअन्तरले पराजित गर्दै ध्रुवतारा स्पोर्टिङ क्ल्ब सेमिफाईनलमा प्रवेस गरेको हो ।
खेलको निर्धारीत समय सम्म दुवै टिमले कुनै गोल गर्न गर्न नसके पछी खेल टाइब्रेकरमा धकेलीएको थियो । खेलको म्यान अफ दि म्याच ध्रुवतारा स्पोर्टिङ क्ल्ब दमकका गोल रक्षक आयुस लिम्बु घोषित हुँदा नगद रु। १५०० रुपैयाँ प्राप्त गरका छन्।
आदर्श युवा क्लबका पूर्व अध्यक्ष तथा कोशी प्रदेश फुटबल रेफ्रिसंघका सदस्य समेत रहेका ढुंगानाको गत बर्ष निधन भएको थियो । उनले बुद्धशान्ति तथा खेलकुद क्षेत्रलाई पूर्याएको योगदान अतुलनिय रहेको भन्दै उनको सम्झनामा क्लबले फुटबल प्रतियोगिता गरिएको हो ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा