News रजैया कपमा आयोजक र लामाटोल सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

मनहरी गाउँपालिका–९ रजैयाको केदारेश्वर युवा क्लबको आयोजनामा सञ्चालन भैरहेको रजैया कप फुटबल प्रतियोगितामा आयोजकको बी र लामाटोल क्लब मनहरी सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो खेलमा लामाटोलले राप्तिरिभर फुटबल क्लब (आर आर एफसी) लाई सडनडेथमा हराउँदै सेमिफाइनल यात्रा पक्का गरेको हो । खेलमा लामटोलका सुदीप सापकोटा म्यान अफ द म्याच भए ।

यस्तै योङ ब्वाइज क्लबसँगको खेलमा आयोजकको बी टिम सेमिफाइनल प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै आयोजक २–१ गोल अन्तरले विजयी भयो ।

खेलमा योङ ब्वाइजका डिफेन्डर राजकुमार पण्डित म्यान अफ द म्याच भए ।

Post Comments