काठमाडौं । नेपाली राष्ट्रिय यु–२० फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार श्रीलंका विरुद्धको खेल पश्चात नेपाली खेलाडीहरु दबाबमा खेल्दा झिनो अन्तरको जित निकाल्न बाध्य बनेको प्रतिक्रिया दिएका छन् ।
प्रशिक्षक श्रेष्ठका अनुसार नेपाली खेलाडीहरुले गोलको धेरै अवसरहरु पाए तापनि दबाबमा खेल्दा गोल गर्न चुकेको बताए । गोलको सहज अवसर पाउँदा पनि नेपाली स्ट्राइकरले गोल गर्न नसक्दा फराकिलो जित हात पार्नबाट चुकेको पनि प्रशिक्षक श्रेष्ठले बताए ।
यद्यपि प्रशिक्षक श्रेष्ठले आफ्ना खेलाडीहरु रणनीति अनुसार खेल्न सफल भएको बताए । साथै उनले आगामी खेलका लागि स्कोरिङमा योजना बनाएर काम गर्ने प्रतिक्रिया समेत दिए ।
स्मरण रहोस, आइतबार भएको समूह ए तर्फको उद्घाटन खेलमा नेपालले श्रीलंकामाथि १–० को जित निकालेको थियो । नेपालका लागि निराजन धामीले एक मात्र निर्णायक गोल गरेका थिए ।
साँघुरो जित निकाले पनि सेमिफाइनल प्रवेश गर्ने नेपालको सम्भावना भने बलियो बनेको छ । नेपालले समूह चरणको आफ्नो आगामी खेल बंगलादेशससँग खेल्ने कार्यक्रम छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान