News मोफसलमा पहिलो पटक प्रिमियर लिग हुने !
गोलनेपाल

मोरङको पथरीशनिश्चरेमा स्थानिय खिलाडी उत्पादन उद्देश्यले पहिलो पटक फ्रेन्चाईज लिग गर्ने भएको छ ।

विहिबार पथरिशनिश्चरे फुटबल प्रीमियर लिग समिति पत्रकार सम्मेलन गर्दै प्रिमियर लिग २०७७ हुन जानकारी दिएको हो । नेपालमै पहिलो पटक मोफसलमा अक्सन मार्फत खेलाडि छनौट गरि पहिलो फ्रेन्चाईज लिग हुन लागेको आयोजक समितिका सदस्य एवम राष्ट्रिय खेलाडि दिपक राईले जानकारी दिएका छन ।

पथरिशनिश्चरे नगरपालिका भित्रका खेलाडिले मात्र सहभागीता जनाउन पाउने लिग १५ दिन सम्म चल्ने राईले बताए । पथरीशनिश्चरे नगरपालिका भित्रका ३५० जना खेलाडिले अक्सनमा सहभागि जनाएका थिए भने १४४ खेलाडी नगरका बिभिन्न ८ क्लवमा आवद्ध भएका छन । खेलाडीलाई ब्यावसायीक बनाउने उद्धेश्यले सुरु हुन लागेको प्रतियोगीलामा प्रत्येक क्लबले मार्कि खिलाडी सहित १८ जना खिलाडी छ्नौट गर्नु पर्ने छ ।

प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जि एफ टि क्लव, १० नवदय फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लब गरि जम्मा आठ ओटा क्लबले सहभागिता जनाउने आयोजक समितिका संम्योजक सन्जिब गिरिले जानकारी दिएका छन ।

प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन भने उपबिजेताले ७५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन ।

प्रतियोगीतामा सहभागी क्लवले नगद १० हजार शुल्क बुझाउनु पर्ने छ भने प्रतियोगिता भरि १२,००,००० अनुमानित रकम खर्च हुने प्रतियोगितो आयोजक कमिटिले जानकारी दिएको छ ।

गोपाल काफ्ले

Post Comments