News मोरङ बन्यो ताप्लेजुङ गोल्डकप च्याम्पियन
गोलनेपाल

ताप्लेजुङ । सगरमाथा युथ क्लब मोरङ ताप्लेजुङ गोल्डकप च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलमा सिरहाको सलहेश युवा क्लबलाई १-० गोलले पारजित गर्दै मोरङ च्याम्पियन बनेको हो ।

सिरहाको चुनौती समाप्त पार्न मोरङका बिजु भुजेलको एकमात्र गोल निर्णायक बन्यो । सिरहाका खेलाडी सम्हालिन नपाउँदै मोरङले दबाब सिर्जना गर्यो । खेलको २ मिनेटमै बिजु भुजेलले गोल गरेका हुन् ।

हजारौँ दर्शक उपस्थित भानुजन माविको खेलमैदानमा बाँसको प्यारापिट खचाखच थियो । दर्शकहरुले उभिएर फुटबल खेलको मनोरञ्जन लिने स्थानसमेत थिएन ।

फाइनल खेलको म्यान अफ दी म्याच मोरङका बिजु भुजेल भए । यस्तै, मोरङकै मिलन राई बेस्ट फरवार्ड, बेस्ट कोच युवेन गुरुङ, बेस्ट किप्पर प्रमिजय गच्छदार बन्दा बेस्ट प्लेयर सौभाग्य राई (लाउरे) घोषित भए ।

बेस्ट प्लेयर बनेका लाउरेले नगद १५ हजारसहित ट्रफी पाए । अन्य विधागत पुरस्कारतर्फ १० हजार नगद र ट्रफी रहेको थियो ।

यसैगरी, सलहेशका कुलदीप कार्की बेस्ट डिफेन्स बने भने बेस्ट मिडफिल्ड सन्तोष कार्की भए । यस्तै, राइजिङ प्लेयर ताप्लेजुङका सविन तामाङ बन्दा हाइस्कोरर सिलिगुडीका जाङ्पो भुटिया भए ।

Post Comments