News फिफा वरियतामा एक स्थान तल खस्कियो नेपाल
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा फुटबल वरियतामा नेपाल एक स्थान तल खस्किदै १७१औं स्थानमा पुगेको छ ।

नेपालले समग्रमा कुल ९६८ अंक बटुल्यो । स्मरण रहोस, नेपालले केही साता अघि मात्र बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । जसमा नेपालले एक खेलमा हार र एक गोल गोलरहित बराबरी खेलेको थियो ।

त्यस्तै दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ । दक्षिण एसियातर्फ शिर्ष स्थानमा भारत छ । चार स्थान सुधार गरेको भारत १०४औं स्थानमा छ । त्यसैगरी १५५औं स्थानमा रहेको साफ च्याम्पियन माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।

तीन स्थान सुधार गरेको बंगलादेश १८४औं स्थानमा उक्लिएको छ र दक्षिण एसियातर्फ चौथो स्थानमा छ । १८९औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने २००औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैंटौं स्थानमा छ । वरियताविहीन श्रीलंका भने दक्षिण एसियातर्फ पुछारमा रहेको छ ।

विश्व वरियतामा बेल्जियमको शिर्षता

फिफा विश्व वरियतामा भने बेल्जियम शिर्ष स्थानमा रहेको छ । विश्व च्याम्पियन फ्रान्स दोस्रो स्थानमा छ भने दक्षिण अमेरिकी महारथी ब्राजील तेस्रो स्थानमा छ ।

Post Comments