News
एन्फा महिला लिगः संकटाको डेब्यु खेलमा आर्मी हावी
काठमाडौं । पहिलोपटक एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाईरहेको संकटा क्लबले सिजनको पहिलो खेलमा खराब शुरुवात गरेको छ ।
बुधबार एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा संकटाले दावेदार मध्ये एक मानिएको त्रिभुवन आर्मी फुटबल क्लबसँग ०–४ ले निरीह बन्न पुगेको हो । आर्मीको जितमा बिमला चौधरीले दुई गोल गर्दा साबित्रीदेवी मगर र अनिता लम्जेलले एक–एक गोल गरे ।
उता पुरुष फुटबलमा आफ्नो उपस्थितिलाई बलियो रुपमा पेश गर्दै आएको संकटाले महिला फुटबलमा भने त्यो वर्चश्वलाई कायम राख्न सकेन ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश