News टेन्सबर्ग पथरिशनिश्चरे फुटबल प्रीमियर लिग २०७७ मंसिर २५ देखि; गोलनेपालबाट लाईभ हुने
गोपाल काफ्ले

मोफसलमै पहिलो पटक खेलाडी उत्पादन उद्देश्यले सुरु हुन लागेको फ्रेन्चाईज लिगको टाईटल स्पोन्सर टेन्सबर्ग वियरले गर्ने भएको छ ।

मोरङको पथरीशनिश्चरेमा यहि मंसिर २५ गते देखि हुने प्रिमियर फुटवल लिगको ९० प्रतिसत तयारी सम्पन्न भएको आयोजकले बताएको छ । मंसिर २५ गते देखि सुरु हुने टेन्सबर्ग पथरिशनिश्चरे फुटबल प्रीमियर लिग २०७७ मा नगर भित्रका १४४ खेलाडीले ८ वटा क्लवबाट प्रतियोगितामा प्रतिस्पदा गर्दैछन ।

लिगका लागि देश तथा विदेशबाट सहयोगि हातहरु तथा प्रयोजकहरु आउने क्रम जारि छ । आयोजकले लिगको टाईटल स्पोन्सर, सपोटर र पहिलो पुरस्कारको प्रयोजकको नाम सार्वजनीक गरेको छ ।

लिग बिजेताले नगद १ लाख ७५ हजार पथरीशनिश्चरे फेमेली हङकङले प्रयोजन गरेको छ । टाईटल स्पोन्सर टेन्सबर्ग वियर (Tensberg Beer), मुख्य प्रायोजक एक्टेप फेसन स्पोर्टस (Xtep Fashion Sports) र सपोटर ट्रर्यू भ्यालु ब्राण्डेड वयेर (TrueValue Branded Wear) र ई सुज ब्राण्डेड कलेक्सन (E-Shoes Brand Collection) ले गरेका छन ।

लिगको इन्टरनेट पार्टनर भने इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले गरेको छ । सबै खेलको लाईभ गोलनेपालबाट हुने भएकोछ।

१५ दिन सम्म चल्ने लिग बिजेताले नगद १ लाख ७५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र पाउनेछन भने फस्ट रनरअपले ७५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र पाउनेछन।

नेपालमै पहिलो पटक मोफसलमा अक्सन मार्फत खेलाडि छनौट गरि पहिलो फ्रेन्चाईज लिग हुन लागेको आयोजक समितिका सदस्य एवम राष्ट्रिय खेलाडि दिपक राईले जानकारी दिएका छन ।

प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जि एफ टि क्लव, १० नवदय फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लब गरि जम्मा आठ ओटा क्लबले सहभागिता जनाउने आयोजक समितिका संम्योजक सन्जिब गिरिले जानकारी दिएका छन ।

Post Comments