
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगितामा उपाधिको दावेदार एपिएफ फुटबल क्लबले शनिबार पहिलो जित हात पारेको छ । दोस्रो चरणको अन्तिम खेल तथा विभागीय भिडन्तमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथि २–१ को जित निकालेको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफका लागि सबिता राना मगर र गीता राना मगरले गोल गरिन् । पराजित आर्मीका लागि भने बिमला चौधरीले एक मात्र गोल फर्काएकी थिईन् ।
यो नतिजापछि २ खेलबाट ४ अंक जोडेको एपिएफ लिगतालिकाको तेस्रो स्थानमा छ । पराजित आर्मी भने तीन अंकका साथ पाँचौं स्थानमा छ । शिर्ष स्थानमा भने ६ अंकका साथ कोशी प्रदेश रहेको छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।