काठमाडौं । हिमालयन गानादा फुटसल गोल्डकप खुला नकआउट फुटसल प्रतियोगिताको उपाधी आयोजक हिमालयन एफसीले जितेको छ । फाइनलमा ढुकु फुटसल हबलाई हराउँदै हिमालयन च्याम्पियन बनेको हो ।
विजेता बनेको हिमालयनले उपाधी सहित नगद २ लाख हात पार्यो भने उपविजेता ढुकुले १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ हिमालयनका दिपेश श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए भने ढुकु फुटसलका अशोक मगर उत्कृष्ट खेलाडी घोषित भए । दुवैले नगद १०-१० हजार र ट्रफी हात पारे ।
मत्स्य नारायण रिक्रीयशनल सेन्टर प्रतियोगिताको फेयर प्ले टिम बन्यो । त्यसवापत उसले नगद २० हजार र ट्रफी हात पार्यो । विजेता तथा उपविजेता टोलीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक हरि खडका लगायतले पुरस्कृत गरेका थिए ।
हिमालयन फुटबल क्लबको आयोजनामा सम्पन्न भएको दुई दिने प्रतियोगितामा कुल ३२ टोलीहरुले सहभागिता जनाएका थिए ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि