
हेटौडा । यहाँ जारीमकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत पदमपोखरी युवा क्लब र गोर्खा ब्वाईज क्लबले आ–आफ्नो खेलमा जित दर्ता गरेका छन् ।
गौरीटार खेलमैदानमा भएको पहिलो खेलमा पदमपोखरीले सानोपोखरालाई ३–२ ले हरायो । सोही मैदानमा भएको अर्को खेलमा एफसी मल्टिभिजन र सात नम्बर टिम बीचको खेल १–१ को अवस्थामा रहँदा खराब प्रकाशका कारण रोकिएको थियो । रोकिएको बाँकी खेल अन्य समयमा खेलाइने लिग संयोजक युवराज लामाले जानकारी दिए ।
त्यस्तै सिमलटार खेलमैदानमा भएको पहिलो खेलमा गोर्खा ब्वाईजले रियल स्टार क्लबमाथि शून्यका विरुद्ध १ गोलको जित निकाल्यो । सोही मैदानमा भएको अर्को खेलमा एफसी नामटार र न्यु कम्बाईन क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल २८ टोलीहरुको सहभागिता रहेको लिगको समापन असोज ९ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा