
पोखरा । गत वर्षको ८ देखि २० माघसम्म पोखरा रंगशालामा भएको २३औं आहा! रारा पोखरा गोल्डकपको आयोजनाबाट आयोजक सहारा क्लब, पोखरालाई घाटा लगोको आयोजकले जनाएको छ ।
आयोजकले प्रतियोगिताको २३औं संस्करणको आय–व्यय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको २३औं संस्करण घाटामा गएको जानकारी गराइएको हो । सहारा क्लबका महासचिव रामजी प्रसाद अधिकारीका अनुसार आयोजकलाई २३औं आहा! रारा पोखरा गोल्डकपबाट १५ लाख ३८ हजार ४६६ रुपैयाँ घाटा लागेको हो ।
महासचिव अधिकारीका अनुसार प्रतियोगिता आयोजनाबाट कुल ९९ लाख ९५ हजार ४५१.३० रुपैयाँ आम्दानी भएकोमा १ करोड, १५ लाख ३३ हजार ९१७.०८ पैसा खर्च भएको उनले पत्रकार सम्मेलनमा जानकारी गराए ।
सहारा क्लबका अनुसार आर्थिक मन्दीसँगै अधिकांश चर्चित राष्ट्रिय खेलाडीहरु विदेश पलायन हुँदा देशमा हुने अधिकांश राष्ट्रिय फुटबल प्रतियोगिताको रौनक घटेका कारण पनि आयोजकलाई घाटा लागेको जनाएको छ ।
स्मरण रहोस, गत वर्ष सम्पन्न २३औं आहा! रारा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । फाइनलमा आर्मीले थ्रीस्टार क्लबलाई हराएँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको थियो ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड