बुटवल । उमेर ढल्किएको दुई दशक पूरा र फुटबल बुझेको केही वर्ष भए तापनी फुटबलसँगको सामिप्यतामा मजाले झाङिएर भिजेका छन, तिलोत्तमा-१५ कोटिहवा निवासी युवा फुटबलप्रेमी वसन थापा ।
स्थायी बसोबास नेपाल मै भए पनि बिगत कयौं वर्षदेखी परदेशी कर्मभुमी हङकङ-नेपाल आउजाउ गर्छन । परिवारसँगै हङकङमा बस्दै र कर्म गर्दै आएका बसनको मनले भने नेपाली फुटबल पच्छ्याईरहन्छ ।
उमेर त्यति नढल्किए पनि उनको सहयोगी मन भने प्रसंशनीय छ । कुनै बेला आफु पनि फुटबल खेल्ने गरेको सम्झिदै बसनले आफ्नो फुटबलप्रतिको रुचि र झुकावलाई विशेष रुपमा लिएको बताउँछन ।
केही साता अघि मात्रै रुपन्देहीको फुटबलमा पछिल्लो समय सक्रिय रहेको समपुर्ण युवा क्लब, सुपौलीलाई उनले ५० हजार बढीको जर्सी र अन्य खेल सामाग्री सहयोग र प्रायोजन गरे ।
वसनलाई नजिकैबाट चिन्ने समपुर्ण युवा क्लबका पुर्व अध्यक्ष र पुर्व सफल खेलाडी समेत रहेका अशोक पुन भन्छन, "वसन सबैसँग मिल्ने मिजासिला र सहयोगी छन । कम उमेरमै व्यबहारिक र सबैलाई सहयोग गर्ने उनको बानी अनुकरणीय छ ।"
त्यसो त बसनले समपुर्णलाई मात्र नभई हाल जारी प्रतिष्ठित २२औं लिस्नु कप र अर्को सातादेखी शुरु हुने जिल्ला कै अर्को प्रतिष्ठित प्रतियोगिता ३६औं झरना कपलाई सहयोग गरेका छन । उनी आउने दिनहरुमा पनि स्थानीय फुटबललाई सहयोग गर्न आफू तत्पर रहेको सुनाउँछन ।
फुटबलसँगै अन्य सामाजिक कार्यमा पनि आफू सक्रिय रहे पनि फुटबल आफ्ना लागि सधै विशेष रहेको वसन बताउँछन । र, परदेशी भुमीमा व्यस्त कामका बीच पनि नेपाली फुटबललाई निरन्तर पच्छ्याईरहन्छन ।
उनको यो सहयोगी भावप्रती परिवारको कत्तिको साथ छ त? भन्ने जिज्ञासा राख्दा वसन हाँस्दै भन्छन, "परिवार कै साथ, सहयोग र समर्थनले यतिको गर्न सकिरहेको छु । नेपाल र नेपाली फुटबललाई मिस गर्छु । त्यही भएर व्यस्तताका बीच समय मिलाएर फुटबल कै लागि भए पनि नेपाल फर्कन्छु ।"