News
साफ यु–१७ च्याम्पियनसिपः आयोजक भुटानको उत्कृष्ट शुरुवात
काठमाडौं । जारी साफ यु–१७ च्याम्पियनसिपतर्फ आयोजक समेत रहेको भुटानले समूहको आफ्नो पहिलो खेलमा उत्कृष्ट जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।
नेपालसँगै समूह बी मा रहेको भुटानले शनिबार आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ५–१ को प्रभावशाली जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो ।
स्मरण रहोस, त्यसअघि शनिबार नै भएको समूह बी तर्फको पहिलो खेलमा नेपालले पाकिस्तानसँग शून्यका विरुद्ध १ गोलको स्तब्धपुर्ण हार बेहोरेको थियो ।
समूह चरणतर्पm आफ्नो दोस्रो खेलमा सोमबार भुटानले पाकिस्तानको सामना गर्दा सोही नेपालले श्रीलंकासँग खेल्नेछ । जुन खेल नेपालका लागि निकै महत्वपूर्ण पनि हुनेछ ।
समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ए मा साविक विजेता भारतसँगै गत संस्करणको उपविजेता बंगलादेश र माल्दिभ्स रहेका छन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल