News एएफसी यु–२० एसियन कप छनौटः नेपाल कै समूहमा रहेको बहराईनको पनि विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । चाइनिज ताइपेईमा जारी एएफसी यु–२० एसियन कप छनौटतर्फ नेपाल कै समूहमा रहेको बहराईनले पनि विजयी शुरुवात गरेको छ ।

छनौट प्रतियोगिता अन्तर्गत समूह बी मा रहेको बहराईनले आयोजक चाइनिज ताइपेईमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्दै विजयी शुरुवात गरेको हो ।

स्मरण रहोस, समूह बी मै रहेको नेपालले शनिबार कम्बोडियासँग ४–१ को हार बेहोरेको थियो । समूह बी मा नेपाल, कम्बोडिया, चाइनिज ताइपेईन, बहराईनसँगै उज्वेकिस्तान रहेका छन् ।

त्यसबाहेक समूह ए तर्फ अर्को दक्षिण एसियाली राष्ट्र भुटानले गुआमसँग १–१ गोलको बराबरी खेल्यो । सोही समूहको अर्को खेलमा भने सिरियाले बंगलादेशमाथि ४–० को जित निकाल्यो ।

समूह सी तर्फ युएईले लेबनानमाथि ३–२ को जित दर्ता गर्दा कुवेतले नर्दन मारियाना आइल्याण्डलाई शून्यका विरुद्ध ६ गोलको फराकिलो अन्तरले हरायो ।

त्यस्तै समूह डी तर्फ अफगानिस्तानले मकाउलाई १–० ले हराउँदा साउदी अरेबियाले प्यालेस्टाईनमाथि समान १–० को जित हात पार्यो ।

त्यस्तै समूह ई तर्फ मलेसियाले ओमानलाई २–१ ले हराउँदा उत्तर कोरियाले दक्षिण एसियाली राष्ट्र श्रीलंकामाथि ४–० को सहज जित दर्ता गर्यो ।

 

 

Post Comments