News बी डिभिजन खेलाडी कार्की आइसीयुमा, परिवारद्वारा सहयोगको अपिल
गोलनेपाल

काठमाडौं । दुई बर्ष अघि शहिद स्मारक बी डिभिजन लिगमा रानीपोखरी कर्नर टिम (आरसिटी) का  लागि खेलेका लोकेन्द्र गम्भिर सवारी दुर्घट्नामा परेका छन् । 

शुक्रबार मोटरसाइकल दुर्घट्नामा परेका कार्कीको हाल नारायणी अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहेको छ । कार्कीको परिवारका अनुसार उनको उपचार खर्च खर्चिलो हुने बताएका छन् ।


लोकेन्द्रका पिता रेख बहादुर कार्कीले छोराको उपचारमा आर्थिक सहयोग गरिदिन देश विदेशमा रहेका नेपाली फुटबल समुदायलाई अपिल गरेका छन् । लोकेन्द्रको परिवारको हालको आर्थिक अवस्था असहज रहेकोले उनका पिताले अस्पतालमा कति खर्च लाग्ने हो त्यसबारे चिन्ता व्यक्त गरे ।


छोरा अझै अस्पताल कै शैयामा रहेकोले उनको उपचारमा कतैबाट आर्थिक सहयोगको अपेक्षामा रहेको लोकेन्द्रका पिता रेख बहादुरले बताए । साथै लोकन्द्रको उपचारका लागि सहयोग गर्न इच्छुकले सहयोग रकम उनका पिता रेख बहादुरको नाममा रहेको निम्न ठेगानामा सहयोग गर्न सकिने उनको परिवारले जनाएको छ । 

Rekh Bahadur Karki 

A/C: 0610017504316 

Nabil Bank, Birgunj



IME:
Rekh Bahadur Karki 

Mobile: 9809253559

Post Comments