News
बागमतीको साँघुरो र महत्वपूर्ण जित
काठमाडौं । एन्फा महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत बागमती युवा क्लबले आइतबार कर्णाली प्रदेशमाथि १–० को साँघुरो र महत्वपूर्ण जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीका लागि गिफ्टी अचेम्पोङले एक मात्र निर्णायक गोल गरिन् । बागमतीकी सुनिता भुलन खेलको प्लेयर अफ द म्याच समेत चुनिईन् ।
यो जितपछि ७ खेलबाट सात अंक जोडेको बागमती लिगतालिकाको सातौं स्थानमा उक्लेको छ । पराजित कर्णाली भने चार अंकका साथ पुछारको नवौं स्थानमा संघर्षरत छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश