
कुञ्जलापुर । रोमाञ्चक जितका साथ न्यु सिर्जना युवा क्लब, करौजिया यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रिक्वाटरफाइनलतर्फ न्यु सिर्जनाले दावेदारका रुपमा हेरिएको र भर्खरै २२औं लिस्नु कपकोउपाधि जितको फर्साटिकर युवा क्लब, फर्साटिकरलाई ५–४ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भयो ।
खेलमा न्यु सिर्जनाका मिलन आले म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत असोज ७ गते सोमबारको खेल जनज्योति क्लब, डिंगरनगर र वालिङ युनाइटेड, स्याङ्जा बीच हुने खेल संइोजक विजय पुनले जानकारी दिए ।
स्व. खगी गुरुङसेनीको स्मृतिको उनको श्रीमान तथा वरिष्ठ समाजसेवी क्याप्टेन नरजंग गुरुङले प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १७ गतेका दिन हुनेछ ।