News क्लब विश्वकपको इतिहास मै पहिलोपटक एकै बर्ष दुई प्रतियोगिता हुने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एसियन पावर हाउस जापानले आगामी बर्ष (२०२१) को डिसेम्बरमा प्रतिष्ठित फिफा क्लब विश्वकपको आयोजना गर्ने भएको छ । यो कुराको पुष्टी विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष गियानी इन्फेन्टिनोले समेत गरेका छन ।

यसअघि यो प्रतियोगिता नयाँ ढाँचामा चीनमा हुने तय भएको थियो । तर अब यो पुरानै ढाँचामा जापानमा हुनेछ । हालसम्म जापानले कुल ८ पटक फिफा क्लब विश्वकपको आयोजना गरिसकेको छ । अन्तिमपटक जापानले सन् २०१६ मा यो प्रतियोगिताको सफलताका साथ आयोजना गरेको थियो ।

सन् २०२० को क्लब विश्वकप हुन बाँकी

कोरोना भाइरस महामारीका कारण यस बर्ष हुने भनिएको फिफा क्लब विश्वकप अहिलेसम्म हुन सकेको छैन । साथै यो प्रतियोगिता सन् २०२१ कै १ देखि ११ फेब्रुअरीसम्म कतारमा हुने घोषणा फिफाले गरेको छ । यो सँगै प्रतियोगिताको इतिहास मै पहिलोपटक फिफा क्लब विश्वकप एकै बर्ष दुईपटक आयोजना हुने निश्चित भएको छ ।

कतारमा हुने क्लब विश्वकपमा युरोपको प्रतिधित्व बायर्न म्युनिखले गर्नेछ । स्मरण रहोस, गत बर्ष (२०१९) फिफा क्लब विश्वकपको उपाधि इङलिस च्याम्पियन लिभरपुलले जितेको थियो ।

चीनमा २४ क्लबहरुले सहभागिता जनाउने तय भएको थियो

फिफा अध्यक्ष इन्फेन्टिनोले चीनमा हुने क्लब विश्वकप नयाँ ढाँचामा हुने बताएका थिए । यसमा युरोपका आठ क्लबहरु सहित कुल २४ टोलीहरुले सहभागिता जनाउने तय भएको थियो ।

यद्यपि कोरोना भाइरसका कारण अधिकांश फुटबल प्रतियोगिताहरु स्थगित भएपछि फिफाको बैठकले पूरानै ढाँचामा प्रतियोगिता जापानमा गर्ने निर्णय गरेको थियो ।

जापानमा पनि आठ क्लबहरुले नै सहभागिता जनाउने

जापानमा हुने क्लब विश्वकपमा पनि आठ टोलीहरुले नै सहभागिता जनाउने छन् । सन् २००५ देखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगितामा एसिया, युरोप, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र ओशियानाका एक–एक टोलीहरुले सहभागिता जनाउने छन् ।

 

 

Post Comments